Nepali Text Only | Home Contact

Nepal Flag Donate through CAFOnline

उज्यालो भविष्यको परियोजना नेपालको सुनसरी जिल्लामा सन २००० देखि शिक्षा तथा विकास कार्यक्रमहरु सन्चालन गर्दै आएको परियोजना हो। यस परियोजनाले यस जिल्लाको विभिन्न समुदायहरुमा उनीहरुका अतिआवश्यक स्रोतहरु तथा मौकाहरुमा उनीहरुको पहुँचमा सुधार गर्न का साथै स्थानिय स्तरमा त्यहाँको ज्ञान र सीपहरुमा अभिबृद्धि गर्ने अभिप्राय राख्दछ।

यस परियोजनाले आफ्नो लक्षित समुदायहरुमा गरिवी निवारणका लक्ष राख्दछ विशेष गरि यस सम्वन्धि चुनौटीहरुलाई तह लगाउन गाउँका गरिव मानिसहरुमा वढी शिक्षाको आवश्यकता, ऋणमा पहुँच, तथा बैकल्पिक रोजगारको मौका दिलाउन प्रयत्न गर्दछ।

हरेक समुदायहरुको कार्यक्रमहरु सम्वन्धित समुदाय सँगको छलफलको आधारमा त्यहाँको खाँचो तथा प्राथमिकतालाई ध्यानमा राखि स्थानिय स्रोत र कर्मचारीहरु समेत स्थानिय तवरमा परिचालित गरिन्छ।

कुन समुदायहरु यस कर्यक्रममा सहभागी छन् तथा को को उज्यालो भविष्यका कर्मचारीहरु यसमा सँलग्न छन् भन्ने थाहा पाउन साथै कसरी यस परियोजनाका कार्यक्रमहरु सन्चालित छन् भन्ने कुरा थाहा पाउन बायाँ पट्टिका 'लिँक' थिच्नु होला।

उज्यालो भविष्य परियोजना ३ वटा सँस्थाहरुको सँयुक्त प्रयासले सन्चालित छ : युचेप, एस पि डब्लु नेपाल र डेभिलप्मेन्ट नेपाल।

युचेप सँस्था यस उज्यालो भविष्य परियोजनाको दैनिक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी वहन गर्दै आएको छ। यो एक गैहृ सरकारी सँस्था हो र सुनसरी स्थित प्रकाशपुरमा अवस्थित छ। यस सँस्थाले परियोजनाका कक्षाहरु त्था समुहको गठन तथा सञ्चालनका साथै समुदायमा कार्यरत स्रोत ब्यक्तिहरुको ब्यबस्थापन तथा निरिक्षण गर्ने गर्दछ। युचेपले सहभागि समुदायहरु सँग छलफल गर्ने तथा आवश्यक सरसल्लाह डेभिलप्मेन्ट नेपालमा कार्यकारी वोर्ड सम्म पु्याउने काम गर्दछ।

युचेप सन् १९९७ मा स्थापना भएको हो र स्थापनाकाल देखि यस सँस्थाले गरिवी निवारण स्वास्थ्य शिक्षा तथा वातावरणीय सँरक्षण जस्ता कार्यक्रमहरुमा काम गर्दै आएको छ।

एस पि डब्लु नेपाल (www.spwnepal.org) स्टुडेन्टस पार्टनरसीप वर्ल्डवाइडको शाखा हो। एस पि डब्लु सन् १९९१ देखि स्वास्थ्य शिक्षा तथा वातावरणका कार्यक्रमहरु सन्चालन गर्दै आएको सँस्था हो। यस सँस्थाले युचेपलाई कार्यक्रम विकास स्थानिय आर्थिक स्रोत परिचालन गरी डेभिलप्मेन्ट नेपाललाई प्रगति विवरण पठाउने जिम्मेवारी वहन गर्दै आएको छ ।

डेभिलप्मेन्ट नेपाल संयुक्त अधिराज्य (U.K.) मा अवस्थित सँस्था हो र यसको स्थापना उज्यालो भविष्यको कार्यक्रम विकाशमा सल्लाह तथा त्यसको निरन्तर सन्चालनका लागी आर्थिक स्रोत जुटाउँदै आएको छ ।

(पेज २)

हामी के गछौर्

उज्यालो भविष्यको प्रमुख अभिप्राय गरिवी निवारण हो। यस परियोजना सँग आबद्ध घरवार अत्यन्त गरिव जात तथा समुदायका छन्। यी समुदायहरु परम्परागत तवरले नै भुमीविहिन वा कम जमिनका मालिक भएका कारणले तिनीहरुको गरिवीका रेखावाट उक्लन ज्यादै थोरै मात्र मौका पाउँछन्। हरेक समुदाय करीव ३० घरघूरी हुन्छन् जसका करीव १५०―२०० ब्यक्तिहरुको बसोवास हुनेगर्छ। उज्यालो भविष्य कार्यक्रमले विभिन्न घरघुरीका सदस्यहरुलाई उनीहरु सँग सम्वन्धित आवश्यकता उपलब्धता तथा हितका लागी लक्षित गरि काम गर्दछ ।

युचेपले विभिन्न सम्भावित सहभागिहरु प्हिचालको लागी वार्डका अगुवाहरु तथा स्थानिय समुदायहरु सँग छलफल गर्ने गर्दछ। यस कार्यक्रमका क्रियाकलाप नै उज्यालो भविष्य हो। उज्यालो भविष्य परियोजनाले युचेपको ब्यबस्थापनमा स्थानिय तवरले ११ वटा समुदायहरुमा स्थानिय स्रोत ब्यक्तिहरु मार्फत २ वर्षे कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उज्यालो भविष्य परियोजना वाट सन्चालित विभिन्न गतिविधिहरु समुहहरु तथा कक्षाहरुले लक्षित समुदायहरुमा सार्थक प्रभाव पार्नेछ :

१. ग्रामिण क्षेत्रका गरिवहरुलाई रोजगार, आय आर्जन आधारभुत शिक्षा, प्राथमिक शिक्षा, आर्थिक पूँजी,सुचना सेवा लगायत स्वास्थ्य सेवाको पहुँचमा बृद्धि

२. साक्षरता, अँक साक्षरता, जिवन उपयोगी सीप, स्वास्थ्य सम्वन्धित सचेतना तथा आय आर्जन जस्ता सीपहरुले ग्रामिण क्षेत्रका लक्षित वर्गमा सशक्ति करण गर्ने ।

युचेपले उज्यालो भविष्य कार्यक्रम सन्चालन गर्नु भन्दा पहिला समुदायहरुमा छलफल शुरु गरि कुन चाहिँ कार्यक्रम सवभन्दा उपयुक्त वा सान्दर्भिक हुन्छ भन्ने निधो गर्दछ। धेरै जसो यस्तो छलफलमा विभिन्न खाले कार्यक्रमहरु जस्तै वाल तथा प्रौढ शिक्षा, जिवन उपयोगी सीप प्रवर्धन, स्वास्थ्य सँचालन, वचत समुह पर्दछ। घर धुरीको आय आर्जंनका लागी आधारभुत व्यवसाय तथा आयमुलक तालिम ब्यवसायिक तालिमका मौका लगायत चक्र घुम्ती सापति कोषको पहुँच बृद्धि गर्ने गर्दछ।

परियोजनाका अधिकाँश कार्यक्रमहरु सबै जन समुदायमा उपलब्ध हुने गर्दछ। तर परियोजनाका केहि कार्यक्रमहरु जस्तै जिवन उपयोगी सीप, व्यवसाय तालिम, प्राविधिक तालिमहरु भ्ने अठार देखि तिस वर्ष सम्मका ब्यक्तिहरुलाई विशेष तवरले लक्षित गरीएको हुन्छ सहभागी छनौट प्रक्रियामा महिला सहभागिहरु समाबेश गर्न महत्वपूर्ण भुमिका खेलिन्छ।

हरेक समुदायबाट २ जना सदस्यहरु स्थानिय स्रोत ब्यक्ति बन्दछन्। तिनीहरुले युचेप मार्फत सन्चालित विभिन्न तालिमहरु पाउँदछन् साथै अरु समुदायका स्रोत ब्यक्तिहरु सँग विचार विमर्श तथा अनुभवहरुको आदन पदान गर्न पाउँदछन्।

यहाँ एउटा स्थायी रुपमा ब्यवस्थापन गरिएको स्रोत केन्द्र छ। यो केन्द्रले सुचना जानकारी, सम्पर्क, तथा विभिन्न विषयमा सहयोग तथा विभिन्न सरकारी तथा गैर सरकारी सँस्थाहरुबाट प्रदान गरिएका सहयोगहरु वारे छलफल गर्ने ठाउँका रुपमा सेवा गर्दछ।

पेज ३

सहभागी समुदायहरु

मधुवन ६ २००५

मधुवन ७ २००५

पछिम कुशर ६ २००५

मधुवन ८ २००६

मधुवन ९ २००६

पछिम कुशर ७ २००६

भोकाहा ३ (खोरिया टोल) २००७

प्रकाशपुर १ (नयाँ वस्ती) २००७

प्रकाशपुर २ (कालि मन्दिर) २००७

प्रकाशपुर ३ (हिडलुवा टोल) २००७

प्रकाशपुर ७ (गडेरी टोल) २००७

महेन्द्रनगर ३ (शुक्रवारे) २००८

महेन्द्रनगर ९ (चौखोला) २००८

महेन्द्रनगर ९ (शान्तिनगर) २००८

प्रकाशपुर ३ (चौधरी टोल) २००८

प्रकाशपुर ७ (उराँव टोल) २००८

पेज ४

ब्यक्तिगत सहभागीहरु

उज्यालो भविष्यको सामुदायिक कार्यक्रममा सहभागि बनेका केहि ब्यक्तिहरुको उदाहरण तल उल्लेख गरिएको छ।

नयना योन्जन मधुवन – ७ का हुन्। उनले उज्यालो भविष्य परियोजनावाट ऋण प्राप्त गरि एउटा किराना पसल शुरु गरिन। यो किराना पसल धेरै नै सफल भयो र उनले सापति लिएको सबै रकम पनि आफ्नो कमाइवाट फर्काउन सफल भएकि छिन् ।


फुल कुमारी माझीले उज्यालो भविष्य कार्यक्रमवाट सापति लिएको थिइन्। उनले सो रकमबाट मासुको पसल शुरु गरिन्। सो पसलले हरेक हप्ता राम्रो आम्दानी कमाउँछिन्। यो सापति लिएको रकमले उनले स्थानिय बजारबाट सुँगुर किन्छिन् र शुक्रबारको बजारमा बेच्छिन् अरु दिनहरुमा उनी यसरी नै कुखुराहरु बेच्छिन् उनी आफ्नो ब्यापारबाट सन्टुष्ट छिन् र आफ्नो परिवारलाई पाल्न तथा ऋण रकम तिर्न सक्षम भएकि छिन्।

विन्दा देवी म48डल मधुवन ६ मा वस्छिन् उनले उज्यालो भविष्य कार्यक्रमबाट ऋण प्राप्ट गरि आफ्नो गाउँमा एउटा किराना पसल स्थापना गरेकि छिन् गाउँ कै एउटा मात्र किराना पसल भएको कारणले उनको पसल राम्रो चलेको छ र उनेको जिवन स्तर र ऋण चुक्ता पनि राम्रो सँग भइ आएको छ।

देव कुमारी उराँव पश्चिम कुशाह ― ७ को भोला टोल स्थित सुनसरीमा वस्छिन्। उनका श्रीमान रघु लाल उराँव, सिकर्मी हुन्। उनीहरुको एउटा सानो घर र सानो वारी छ र उनीहरु आफ्नो सासुका साथ वस्छन्। देब कुमारीको विवाह १७ वर्षको उमेरमा भएको हो। उनी त्यस वेला १० कक्षामा अध्ययनरत थिइन तर उनले विहे पछि आफ्नो पढाइ छोडिन् पछि उनीहरु को परिवार उनको श्रीमानको एक्लो कमाइले वस्न गाहृो भयो। उनीहरु आफ्नो जिवन यापनको लागी अरुमा आश्रित हुन वाध्य भयो।

सन् २००६ मा युचेप र डेमिलप्मेन्ट नेपालले देव कुमारीको समुदायमा उज्यालो भविष्य कार्यक्रम शुरु गरेको हो। देब कुमारी प्रौढ शिक्षाका लागी आफ्नो समुदायमा स्रोत ब्यक्तिका रुपमा छनौटमा परिन। कार्यक्रमले उहाँलाई तलव र तालिम प्रदान र्ग्यो र उनले वयश्क महिलाहरु लाई स्वास्थ्य सरसफाइ का साथै शिक्षा तथा प्रौढ शिक्षाको महत्व वारे कक्षा सन्चालन गर्दै आएकी छिन्।

यस कार्यक्रम सहभागी भएकाहरुले छोटो समयमा नै साधारण लेख पढ गर्न सक्षम भएका छन् यी सहभागीहरुले शिक्षाको महत्व बु137दै जाँदा आफ्नो बालबच्चाहरुलाई पनि उज्यालो भविष्य द्धारा सन्चालित वाल कक्षाहरुमा पठाउन शुरु गरे।

देब कुमारीले आफ्नो तलवको बचतले आफ्नै समुदायमा एउटा सानो किराना पसल पनि खोलिन। उनले नजिकको लौकही बजारवाट आफ्नो पसलको लागी सामानहरु किन्छिन्। यो थप आम्दानीहरु त्था श्रीमानको कामले गर्दा अहिले उहाँहरुको जिवन यापन पहिला भन्दा धेरै सरल भएको छ।

देव कुमारीले आफ्नो समुदायमा रमाएर काम गर्दैछिन् कहिले काहिँ उहाँ सरसफाइ कार्यक्रममा अगुवाइ गर्छिन। यहाँ भन्नु हुन्छ मैले यी सबै कामहरु उज्यालो भविष्यले प्रदान गरेको स्रोत ब्यक्ति तालिमबाट सिकेकी छु र युचेपको कर्मचारीबाट धेरै प्रोत्साहन पाएकि छु।

हामी को को हौँ

स्थानिय स्रोत ब्यक्तिहरु र युचेपका कर्मचारीहरुको फोटो र नामहरु

युचेप अध्यक्ष ― रविन घिमिरे

(फोटो)

कार्यक्रम सँयोजक ― राम निरौला

(फोटो)

सामाजिक उत्प्रेरक ― सिम्ता

(फोटो)

२००७ का उज्यालो भविष्य परियोजनाका स्रोतब्यक्तिहरु

(फोटो)

२००८ उज्यालो भविष्य परियोजनाका स्रोतब्यक्तिहरु

(फोटो)